logo

२०८३ असार ३१ बुधबार

logo
  • २०८३ असार ३१ बुधबार
  • पुनः प्रयोगयोग्य रकेट अवतरणमा चीनको ऐतिहासिक सफलता

    847Shares
    पुनः प्रयोगयोग्य रकेट अवतरणमा चीनको ऐतिहासिक सफलता

    काठमाडौं । चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेटको ‘बुस्टर’ सफलतापूर्वक अवतरण गराउँदै अन्तरिक्ष प्रविधिमा नयाँ इतिहास रचेको छ। चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) का अनुसार ‘लङ मार्च–१०बी’ रकेट स्थानीय समयअनुसार आज दिउँसो १२:१५ बजे दक्षिण चीनको हाइनानबाट प्रक्षेपण गरिएको थियो। बीबीसीका अनुसार प्रक्षेपणको करिब ६ मिनेटपछि रकेटको माथिल्लो भागबाट छुट्टिएको ‘बुस्टर’ ठाडो रूपमा पृथ्वीमा फर्केर समुद्रमा रहेको तैरिने प्लेटफर्ममा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको हो।

    यस सफलतासँगै चीन पुनः प्रयोगयोग्य रकेट प्रविधिमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने मुलुकको सूचीमा थपिएको छ। यसअघि अमेरिकी कम्पनी स्पेसएक्स र जेफ बेजोसको स्वामित्वमा रहेको ब्लू ओरिजिनले यस्ता सफल परीक्षण गरिसकेका छन्। चीनको यो उपलब्धिलाई पुनः प्रयोगयोग्य रकेट प्रविधिमा अमेरिकाको अग्रतालाई चुनौती दिने कदमका रूपमा पनि विश्लेषण गरिएको छ।

    सामान्यतया अन्तरिक्षमा प्रक्षेपण गरिने रकेटका विभिन्न भाग उडानका क्रममा छुट्टिएर नष्ट हुने भएकाले प्रत्येक मिसनको लागत उच्च हुने गर्छ। तर सबैभन्दा महत्त्वपूर्ण र महँगो मानिने ‘बुस्टर’लाई पुनः प्रयोग गर्न सकिएमा स्याटेलाइट प्रक्षेपण तथा अन्तरिक्ष अनुसन्धानको खर्च उल्लेख्य रूपमा घटाउन सकिने विज्ञहरूको भनाइ छ। स्पेसएक्सले सन् २०१५ को डिसेम्बरमा पहिलो पटक ‘फाल्कन–९’ रकेटको बुस्टर सफलतापूर्वक अवतरण गराएको थियो। त्यसपछि ब्लू ओरिजिनले सन् २०२५ को नोभेम्बरमा ‘न्यू ग्लेन’ रकेटको सफल अवतरण गरेको थियो।



    फास्ट न्युज    
  • २०८३ असार २७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट