logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

    934Shares
    रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

    काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

    प्रहरीले आज पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ ।

    सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर प्रहरीले लामिछानेलाई पोखरा पुर्‍याएपछि आज पाँचौं पटक म्याद थप भएको हो ।यसअघि लामिछानेमाथि अनुसन्धान गर्न कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन, तेस्रो पटक १० र चौथो पटक १३ दिनको समय दिएको थियो ।

    लामिछानेलाई प्रहरीले रुपन्देही लगेरसमेत बयान लिइसकेको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौबाट समेत पक्राउ पूर्जी जारी भएको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार