logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • विपक्षी सांसदहरूले भने- नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको भनाई तथ्यहीन

    727Shares
    विपक्षी सांसदहरूले भने- नेपालले  भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको भनाई तथ्यहीन

    काठमाडौं– विपक्षी दलका सांसदहरूले आकस्मिकरुपमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएको विषयमा प्रश्न उठाएका छन् । संसद्को नियमावलीमा नै नभएको व्यवस्था देखाएर प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको उत्तरका लागि समय दिएको भन्दै विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका हुन् ।

    प्रधानमन्त्री सदनमा उपस्थित हुनु सकारात्मक विषय भए पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए । प्रधानमन्त्रीको सम्बोधनपछि विपक्षी सांसदहरूले आपत्ति जनाएपछि सत्तापक्ष दलका सांसदहरू समेत आक्रोशित भएका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले केही सांसदहरूको नामै लिएर मर्यादामा बस्ने पटक पटक निर्देशन दिएका थिए ।

    उनले विपक्षी सांसदहरूको गतिविधिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए । त्यस्तै बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने जवाफ तथ्यहीन भएको भन्दै जवाफ माग गरेका थिए ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट