logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

    1.1KShares
    पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

    झापा । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् सात करोड ९१ लाख ५३ हजारले बढेको उनले बताए ।

    पेट्रोलियम पदार्थ आयातबाट ७४ करोड ८३ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा ७७ करोड तीन लाखको आठ हजार ९०४ किलोलिटर पेट्रोल आयात भएको थियो भने ४४ करोड ११ लाखको चार हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ ।

    त्यसैगरी, २० करोड तीन लाखको एक हजार ९३३ मेट्रिक टन एलपी ग्यास, सात करोड तीन लाखको सात सय ९२ किलोलिटर एटीएफ र एक करोड १३ लाख मूल्यको एक सय २८ किलोलिटर मट्टितेल आयात भएको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ११, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट