logo

२०८२ जेष्ठ ३ शुक्रबार

logo
  • शुक्रबार, ३ जेष्ठ २०८२
  • बुटवलको डेल्टा मार्टमा आगलागी, ४० करोड बढी क्षति

    बुटवलको डेल्टा मार्टमा आगलागी, ४० करोड बढी क्षति

    3.2K
    SHARES
    बुटवलको डेल्टा मार्टमा आगलागी, ४० करोड बढी क्षति

    बुटवल मिलनचोकको डेल्टा एजुकेसन मार्टमा बिहीबार भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको छ । साँझ ७ बजेतिर लागेको आगो मध्यरातमा नियन्त्रणमा आएको थियो ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका अनुसार फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट सुरु भएको आगलागी निभाउन बुटवल उपमहानगरपालिका, गौतमबुद्ध विमानस्थल, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका १० वटा दमकल प्रयोग गरिएको थियो ।
    १० वटा दमकलसँगै नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगलागी अन्यत्र फैलिनबाट राति नै नियन्त्रणमा आएपनि मार्टको भुईं तलाको आगो भने बिहान ७ बजेसम्म दुई वटा दमकलले निभाइरहेका डीएसपी भट्टले बताए । मार्टको आसपासमा घना वस्ती र पेट्रोल पम्प समेत नजिकै भएकाले आगलागी वस्तीमा फैलिने डरले स्थानीयहरु भयभीत भएका थिए ।
    मार्टको तेस्रो तलामा किताब, कापीसहित स्टेशनरी सामान र खेलकुदका सामान, दोस्रो तलामा कपडा तथा स्कुल कलेजका विद्यार्थीका तयारी ड्रेस र भुईं तलामा नेपाली कम्पनीका जुत्ता र ग्रोसरी सामान थिए । आगलागीबाट सबै तलाका सामान जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।
    मार्टका सञ्चालकले विद्युत सर्किट सर्ट भई आगलागी भएको अनुमान गरेपनि प्रहरीले अहिले नै यही कारणले हो भन्ने पत्ता नलागेको बताएको छ । मार्टका सञ्चालकहरुले करिब ४० करोडको क्षति भएको जानकारी दिए पनि डीएसपी भट्टले भने क्षतिको यकिन अझै नभएको बताए ।
    ६ वर्ष अघि बुटवलका ठूला निजी र सरकारी विद्यालयका सञ्चालक तथा शिक्षकसमेतको लगानीमा सबैखाले शैक्षिक सामग्रीहरु र विद्यार्थी ड्रेस समेत एउटै ठाउँट बिक्री गर्ने गरी मार्ट सञ्चालनमा आएको थियो । विद्यालय सञ्चालक र प्रिन्सिपलहरुकै लगानीमा मार्ट सञ्चालनमा आएपछि सानो लगानीमा चलेका पुस्तक तथा स्टेशनरी व्यवसायी र साना सिलाई व्यवसायीहरु मार्टका कारण विस्थापित हुने अवस्था आएको भन्दै पटक पटक आन्दोलनमा समेत उत्रिएका थिए ।




    फास्ट न्युज
  • शुक्रबार, ७ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट