logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • सुहाङ नेम्वाङले उमेदवारी फिर्ता लिएपछि बादल दलको नेता निर्विरोध निर्वाचित

    1KShares
    सुहाङ नेम्वाङले उमेदवारी फिर्ता लिएपछि बादल दलको नेता निर्विरोध निर्वाचित

         काठमाडौँ । पूर्वमाओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भए । बुधवार केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई निर्विरोध निर्वाचित गर्यो ।

         उमेरले ७० वर्ष लागेका बादललाई ३६ वर्षका युवा नेता सुहाङ नेम्वाङले चुनौती दिएका थिए । बदललाई सर्वसम्म नेता बनाउने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने गृहकार्यमा निर्वाचन समिति जुट्यो ।

    तर उपाध्यक्ष बादल, विष्णुप्रसाद पौडेल, महासचिव शंखर पोखरेल लगायत नेताहरूले सम्झाएपछि सुहाङले उम्मेदवारी फिर्ता लिएको थिए । बाहिर चर्चा भएजस्तो सुहाङले प्रस्तावक र समर्थन नै नपाएको विषय गलत भएको सांसद ऐन महरले बताए । संसदीय दलको नेतामा सुहाङजीले पनि दाबी गर्नुभएको थियो । सर्वसम्मत नेता चयनबारे छलफल भयो । पछि उहाँले नै फिर्ता लिएपछि रामबहादुर थापा सर्वसम्मत नेता बन्नुभएको हो । बाहिर चर्चा भएको जस्तो केही भएको होइन’, रातोपाटीसँग उनले भने ।
    पार्टी सचिव पद्मा अर्यालले पनि बादल निर्विरोध निर्वाचित भएको बताइन् । उनले भनिन्–सहमतिमै दलको नेता चयन भएको हो । त्यस्तो केही भएको होइन ।’



    फास्ट न्युज    
  • २०८२ चैत्र १८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार