logo

२०८१ असोज २३ बुधबार

logo
  • बुधबार, २३ असोज २०८१
  • डा. गोविन्द केसीले २२औं आमरण अनशन थाले

    डा. गोविन्द केसीले २२औं आमरण अनशन थाले

    364
    SHARES
    डा. गोविन्द केसीले २२औं आमरण अनशन थाले

    काठमाडौं । हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले २२औं आमरण अनशन थालेका छन्‌ । केसीले यसपटक अनशनको माग प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा बनाएका छन्‌ ।



    अनशन थाल्नुअघि शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै डा। केसीले १० वर्षे सशस्त्र द्वन्द्वकालमा हालका प्रधानमन्त्री दाहाल मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न भएको दाबी गरेका छन्‌ ।

    वि.सं. २०५२ फागुन १ देखि २०६२र६३ को जनआन्दोलनसम्म भएको १० वर्षे हिंसात्मक द्वन्द्वमा झण्डै १७ हजार नागरिकको ज्यान गएको थियो । तत्कालीन नेकपा (माओवादी) ले सो द्वन्द्वलाई ‘जनयुद्ध’ का रूपमा अघि बढाएको थियो । जनयुद्ध शुरु हुँदा महामन्त्री र पछि अध्यक्ष भएका दाहाल हाल देशका प्रधानमन्त्री छन्‌ ।

    आज अनशन थालेका डा। केसीले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा दाहालले प्रधानमन्त्री पदबाट राजीना दिनुपर्ने माग राखेका हुन्‌ । साथै, पीडितहरुले न्याय अनुभूत गर्नेगरी संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि केसीको माग छ ।


    फास्ट न्युज
  • शनिबार, २९ बैशाख २०८१
  • सम्बन्धित समाचार