logo

२०८३ आश्विन ३ शनिबार

logo
  • २०८३ आश्विन ३ शनिबार
  • हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने

    1.2KShares
    हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने

    २३ पुस, काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् । ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु,’ साम्पाङले लेखेका छन् ।

    २०७९ को चुनावमा स्वतन्त्र उम्मेद्वार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन् । पार्टी गठनपछि देश दौडाहामा रहेका साम्पाङले खोटाङबाट चुनाव लड्न सक्ने अनुमान गरिएको थियो । तर उनले सुनसरी–१ बाटै चुनाव लड्ने बताएका छन् । यो क्षेत्रमा धरान उपमहानगर सहित बाराह क्षेत्रका केही र रामधुनीका एउटा वडा पर्छ ।



    फास्ट न्युज    
  • २०८२ पुष २३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट