काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । अव सन्दिप अमेरिकामा जारी खेलमा सहभागी हुन जाने बताइएको छ ।
त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्नेछन् । टोलीका अन्य सदस्य भने क्यानडामा लिग–२ खेलेर अमेरिका पुगिसकेका छन् ।
अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ ।नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग २७ तारिखमा खेल्नेछ । लिग–२ मा तेस्रो टोलीको रूपमा स्कटल्यान्ड रहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया