काठमाडौँ । टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइएको छ। बिहीबार बिहान सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो। संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थितिमा नेपाली सेनाले विशेष प्रस्तुति दिएको थियो ।
नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
संविधान दिवसकै अवसरमा बिहीबार साँझ नागरिक तहबाट काठमाडौँको दरबारमार्गमा विशेष सांगितिक प्रस्तुतीसहितको कन्सर्ट आयोजना गरिँदैछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया