logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • मतदाता नामावली ऐनमा संशोधन गर्न निर्वाचन आयोगको प्रस्ताव

    1.1KShares
    मतदाता नामावली ऐनमा संशोधन गर्न निर्वाचन आयोगको प्रस्ताव

    काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे फागुन २१ गतेका लागि तोकिएको आमचुनावका लागि मतदाता नामावली सङ्कलन गर्ने बाटो खुला गर्न सरकारसँग प्रस्ताव गरेको छ ।मतदाता नामावली ऐनमा भएको व्यवस्था अनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन गर्न पाइँदैन । तर यस पटक विशेष अवस्थामा चुनाव हुन लागेकोले मतदाता नामावली सङ्कलन गर्न आयोगले सरकारसँग प्रस्ताव गरेको हो ।

    जेन–जी आन्दोलनबाट बनेको सरकारले चुनाव गराउन लागेको र अब मतदाता थप नगर्दा जेन–जी पुस्ताका धेरै छुट्न सक्ने भएकाले आयोगले नामावली सङ्कलन गर्ने प्रस्ताव गरेको हो । यसअघि नै गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यादेश ल्याएर मतादाता नामावली सङ्कलनको बाटो खुलाउने बताउनुभएकाे छ ।

    आयोगले चुनावी कार्यतालिकामा असर नपर्ने गरी मतदाता नामावली ऐनमा संशोधन गर्न खोजेको जनाएको छ । कहिलेसम्म नामावली सङ्कलन गर्न सकिन्छ भन्ने बारेमा आयोगले निर्णय गरेको छैन ।

    सीमित अवधि र सुरक्षाको हिसाबले समेत अहिलेको विषम परिस्थितिमा फागुनभित्रै चुनाव सम्पन्न गराउनु चुनौतीपूर्ण हुने बताइरहेका बेला आयोगले द्रूत गतिमा काम गरेमा र सरकारले सरोकारवाला पक्षसँग समन्वय गरेर उचित वातावरण बनाएमा चुनाव गर्न सकिने जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट