काठमाडौं । संखुवासभा जिल्लाका एमाले नेता तथा सामाजिक अगुवाहरुले आगामी बजेटमा जिल्लाको विकास निर्माणसँग सम्वन्धित विभिन्न विषयलाई प्राथमिकताका साथ समेट्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सरकारको नीति तथा कार्यक्रम, वजेट निर्माणको पूर्वसन्ध्यामा किमाथांकालगायतका विषयमा प्रधानमन्त्री ओली र दुईजना मन्त्रीको संयुक्तरुपमा ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत ध्यानाकर्षण सम्बन्धी विषय सार्वजनिक गरेका हुन्् । प्रधानमन्त्री ओलीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राईसँग संयुक्तरुपमा भेटेर संखुवासभा जिल्लाको विकास निर्माणसँग सम्वन्धित विविध विषयमाा गम्भीरतापूर्र्वक ध्यानाकर्षण गराइएको गौतमले प्रष्ट पारेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया