logo

२०८३ मंसिर १४ आईतवार

logo
  • २०८३ मंसिर १४ आईतवार
  • कांग्रेसले पुस मसान्तभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने

    775Shares
    कांग्रेसले पुस मसान्तभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस मसान्तभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

    आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले जिल्ला र प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिएका हुन् ।

    उनका अनुसार अधिवेशनका मितिबारे सम्बन्धित जिल्ला तथा प्रदेश समितिसँग परामर्श गरी निर्वाचन समितिले अन्तिम मिति सार्वजनिक गर्नेछ ।

    कांग्रेसले हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । मौसम र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै हिमाली जिल्लाको अधिवेशन छिटो गर्न लागिएको हो ।

    त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ । सातै प्रदेशको अधिवेशन एकै दिन नगरी एक–दुई दिनको अन्तरमा सञ्चालन गर्ने कांग्रेसको योजना छ ।

    जिल्ला तथा प्रदेश अधिवेशनअघि कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट