logo

२०८३ असार ११ बिहीबार

logo
  • २०८३ असार ११ बिहीबार
  • राहदानी छपाइ प्रकरणः आजदेखि प्रारम्भ हुँदै थुनछेक बहस

    730Shares
    राहदानी छपाइ प्रकरणः आजदेखि प्रारम्भ हुँदै थुनछेक बहस

    काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा अनियमितताको आरोपमा मुद्दा दायर भई अदालत उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान सकिएको छ । बिहीबारदेखि त्यस मुद्दामा थुनछेक बहस प्रारम्भ हुँदै छ ।

    विशेष अदालतका सूचना अधिकारी पार्वती हितानले मुद्दासाथ उपस्थित गराइएका सातै जना प्रतिवादीको बयान सकिएको र बहस प्रारम्भ हुने क्रममा रहेको बताउनुभयो । मङ्गलबार तीन प्रतिवादीको बयान भएकोमा बुधबार चार जनाको बयान सकिएको हो । दुई कम्पनीसहित १८ प्रतिवादी कायम भएकोमा मुद्दासाथ भने सात जनालाई पेस गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनीलकुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाईं, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाल र छपाइको जिम्मेवारी पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ललाई मुद्दासाथ पेस गरेको थियो ।

    अख्तियारले सोमबार उनीहरूविरुद्ध १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो । मुद्दामा दुई जर्मन कम्पनीका नेपाल प्रतिनिधिसहित छ जनालाई पनि विपक्षी बनाइएको छ । उनीहरूको बिगो फरक फरक कायम गरिएको छ ।

    यसैबिच अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलको अमेरिकाको पिआर रहेको भन्ने सरकारी वकिलको जिकिर अनुसार कागजात प्रतिवादीलाई देखाई प्रतिक्रियासहित पेस गर्न आदेश गरेको छ ।

     



    फास्ट न्युज    
  • २०८३ असार ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट