logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा कार गुडाउँदा ३५ जनाको मृत्यु

    1KShares
    चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा कार गुडाउँदा ३५ जनाको मृत्यु

    बेइजिङ। चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा ४३ जना घाइते भएका छन् ।

    जुहाई स्पोर्ट्स सेन्टरमा प्रवेश गरेर व्यायाम गरिरहेका मानिसहरूको भीडमा ६२ वर्षका चालकले कार गुडाउँदा दुःखद घटना भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रहरीले उनलाई पक्राउ गरेको छ । उनी गम्भीर घाइते भएर बोल्न नसकेका कारण प्रहरीले बयान लिन सकेको छैन ।

    पक्राउ परेका व्यक्तिकाे सम्बन्धविच्छेद भएको र सम्पत्तिको बाँडफाँटको विषयमा लामो समयदेखि विवाद रहेको खुलेको छ । प्रत्यक्षदर्शीका अनुसार घटना हुँदा कम्तीमा सयौं मानिस नियमित पैदल यात्रा र व्यायमका लागि स्टेडियममा भेला भएका थिए ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट