काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस मसान्तभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।
आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले जिल्ला र प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिएका हुन् ।
उनका अनुसार अधिवेशनका मितिबारे सम्बन्धित जिल्ला तथा प्रदेश समितिसँग परामर्श गरी निर्वाचन समितिले अन्तिम मिति सार्वजनिक गर्नेछ ।
कांग्रेसले हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । मौसम र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै हिमाली जिल्लाको अधिवेशन छिटो गर्न लागिएको हो ।
त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ । सातै प्रदेशको अधिवेशन एकै दिन नगरी एक–दुई दिनको अन्तरमा सञ्चालन गर्ने कांग्रेसको योजना छ ।
जिल्ला तथा प्रदेश अधिवेशनअघि कांग्रेसले देशभरका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया