logo

२०८३ मंसिर १४ आईतवार

logo
  • २०८३ मंसिर १४ आईतवार
  • दशौँ राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै

    772Shares
    दशौँ राष्ट्रिय खेलकुदमा आज आठ खेल हुँदै

    सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज आइतबार आठ खेलका प्रतिस्पर्धा हुँदैछन् ।

    आज महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, बक्सिङ, जिम्न्यास्टिक, फुलकन्ट्याक्ट कराते र टेनिसका खेल सञ्चालन हुनेछन् ।

    आयोजकका अनुसार टेनिस प्रतियोगिता बर्दियामा हुनेछ भने अन्य सात खेल सुर्खेतमा सञ्चालन हुनेछन् । महिला क्रिकेट र महिला बास्केटबल वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछन् । त्यस्तै, पुरुष क्रिकेट कालुञ्चोक मैदान र पुरुष फुटबल सेनाको राजदल गणमा सञ्चालन हुनेछ ।

    यसैगरी, बक्सिङ मुख्य कभर्डहल, जिम्न्यास्टिक मिनी कभर्डहल र फुलकन्ट्याक्ट कराते ब्याडमिन्टन कभर्डहलमा हुनेछ ।

    प्रतियोगिताअन्तर्गत मंसिर ८ गतेदेखि विभिन्न खेल अनौपचारिक रूपमा सञ्चालन हुँदै आएका छन् । यसक्रममा पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।

    प्रतियोगिताको पाँचौँ दिनसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कांस्य गरी कुल ४५ पदक जितेको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी २० पदकसहित दोस्रो स्थानमा रहँदा नेपाली सेना ११ स्वर्ण, २० रजत र १९ कांस्य गरी कुल ५० पदकसहित तेस्रो स्थानमा छ । नेपाल प्रहरीले ८ स्वर्ण, १५ रजत र १८ कांस्य गरी ४१ पदक जित्दै चौथो स्थान हासिल गरेको छ ।

    पाँचौँ स्थानमा रहेको गण्डकी प्रदेशले ४ स्वर्ण, १ रजत र ४ कांस्य गरी ९ पदक जितेको छ । कोशी प्रदेशले ४ स्वर्ण, १ रजत र १ कांस्य गरी ६ पदक जित्दा सशस्त्र प्रहरी बलले ३ स्वर्ण, १ रजत र १ कांस्य गरी ५ पदक हात पारेको छ ।

    त्यस्तै, लुम्बिनी प्रदेश २ स्वर्ण, ६ रजत र ३ कांस्यसहित सातौँ तथा सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ५ रजत र २ कांस्यसहित आठौँ स्थानमा छन् ।

    मधेश प्रदेशले २ कांस्य पदक जितेको छ भने आयोजक कर्णाली प्रदेशले पाँचौँ दिनसम्म पदकको खाता खोल्न सकेको छैन ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट