logo

२०८३ श्रावण ६ बुधबार

logo
  • २०८३ श्रावण ६ बुधबार
  • सभापति कप फुटबलको फाइनल आज, उपाधिका लागि सङ्कटा र बाग्मती प्रदेशकाे भिडन्त

    991Shares
    सभापति कप फुटबलको  फाइनल आज, उपाधिका लागि सङ्कटा र बाग्मती प्रदेशकाे भिडन्त

    काठमाण्डौ । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाण्डौमा भइरहेको सभापति कप फुटबलको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि बेलुका साढे ५ बजे सङ्कटा क्लब र नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

    त्रिपुरेश्वरको दशरथ रङ्गशालमा हुने फाइनल खेल अघि बेलुका ४ बजेदेखि रङ्गशालामा झाँकीसहितको प्रस्तुती रहेने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ र उप विजेताले नगद १३ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

    फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म एक सय र दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ दुई सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट