logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • कांग्रेस निवर्तमान कार्यवाहक सभापति खड्काले आज आफ्नो समूहको बैठक बोलाए

    715Shares
    कांग्रेस निवर्तमान कार्यवाहक सभापति खड्काले आज आफ्नो समूहको बैठक बोलाए

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् । बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ ।

    बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बिहान ११ बजे बस्ने नेताहरुले बताएका छन् । यसअघि ६ वैशाखमा यही ठाउँमा भेला बोलाएर खड्काको समूहले पर्ख र हेरको रणनीति अपनाउने निस्कर्ष निकालेको थियो ।

    विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएदेखि खड्का असन्तुष्ट देखिन्छन् । उनले विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर समेत गरेका थिए । तर सर्वोच्चले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि पनि उनले आफ्नो समूहका नेताहरुको बैठक र छलफल जारी राख्दै आएका छन् ।

    उनको गतिविधिलाई संस्थापन पक्षले अनुशासन विपरीतको भन्दै स्पष्टीकरण समेत सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । बरु सभापति गगन थापा ६ वैशाखमा गोल्फुटारस्थित खड्का निवास पुगेर भेटघाट गरेका थिए । दुई नेताबीच भएको छलफलबारे अहिलेसम्म सार्वजनिक रूपमा केही खुलाइएको छैन ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार