logo

२०८३ बैशाख ७ सोमबार

logo
  • २०८३ बैशाख ७ सोमबार
  • कल्याण गुरुङद्वारा १५ ओेै महाधिवेशनमा आफुलाई सभापतिको उमेदवार बनाउन माग

    949Shares
    कल्याण गुरुङद्वारा १५ ओेै महाधिवेशनमा आफुलाई सभापतिको उमेदवार बनाउन माग

    काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान केन्द्रीय सदस्य कल्याण गुरुङले आगामी महाधिवेशनमा आफू सभापतिको उमेदवार बन्ने घोषणा गरे।

    निवर्तमान कार्यवाहक सभापति पुर्णवहादुर खड्काले आइतबार बोलाएको देउवा पक्षको बैठकमा नेता गुरुङले १४ महाधिवेशनमा आफू सभापतिको उमेदवार बनेको स्मरण गराउदै १५ ओै महाधिवेशनको सभापतिमा आफुलाई सहयोग गर्न नेताहरूलाई आग्रह गरे। नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि शुक्रबार सर्बोच्च अदालतले गगन थापा समुहको कांग्रेसलाई नै आधिकारिकता दिने आदेश जारि गरेपश्चात विकसित घट्नाक्रमको सन्दर्भमा खड्काले भेला बोलाएको थियो। भेलामा बोल्ने निवर्तमान केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले सर्वोच्चले जे फैसला गरेपनि कांग्रेसलाई एकजुट बनाएर लाने मुख्य भुमिका अब गगन थापाको हुने भएकोले पर्ख र हेरको नितिमा लाग्नुपर्ने सुझाव राखेका थिए।

    केन्द्रीय सदस्यहरु गुरु बराल, शिव हुमगाई, कुन्दन राज काफ्ले र सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर वलायर लगायतले नयाँ पार्टीको निर्माण गर्नुपर्ने धारणा राखेका थिए।

    धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजना भएको भेलामा आफ्नो बिचार राख्ने क्रममा कल्याण गुरुङले भने” हामीले र हाम्रो नेतृत्वले बिगतमा गल्ती कमजोरी गर्यौ होला। त्यसको दोष पार्टीका तत्कालीन सभापति शेरवहादुरलाई मात्र देखाएर कमजोरी बाट कोही पनि भाग्न मिल्दैन । तत्कालीन पदाधिकारीहरु पनि उत्तिकै दोषीका भागिदार छन्। कमजोरी पनि गरेका छन्। तर, अब कसैलाई गाली गलौज गरेर आफ्नो कमजोरी लुकाउने होइन। सबैलाई मिलाएर लाने नेतृत्वको आज आवश्यक छ। जुन आवश्यकता तपाईंहरुको सहयोग र सदभावमा अब मैले पूरा गर्न सक्छु। तपाईहरुले साथ दिनुहोस।”



    फास्ट न्युज    
  • २०८३ बैशाख ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट