logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    946Shares
    पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ: वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

    अभियुक्त कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट रु ७२ लाख ४८ हजार एक सय ५० र राजेशले रु आठ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए ।

    पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौँ महानगरपालिका–३१ बाट र राजेशलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट