logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा

    904Shares
    टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा

    काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह ‘बी’ मा अस्ट्रेलिया र आयरल्याण्ड तथा समूह ‘सी’ मा इंग्ल्याण्ड र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा हुन लागेको हो।

    समूह ‘बी’ को खेलमा अस्ट्रेलिया र आयरल्याण्ड श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा अपराह्न ३:१५ बजे भिड्नेछन्। अस्ट्रेलियाको यो पहिलो खेल हो भने आयरल्याण्ड पहिलो खेलमा श्रीलंकासँग पराजित भइसकेको छ।

    भारतमा हुने अन्य दुई खेलमध्ये पहिलो खेल बिहान ११:१५ बजे अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुनेछ। दुवै टोलीले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन्। पहिलो खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई हराएको थियो भने अफगानिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो।

    बेलुकी ७:१५ बजे नेपाल रहेको समूह ‘सी’ अन्तर्गत इंग्ल्याण्ड र वेस्ट इण्डिजबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्दैछन्। पहिलो खेलमा इंग्ल्याण्डले नेपाललाई पराजित गरेको थियो भने वेस्ट इण्डिजले स्कटल्याण्डलाई हराएको थियो। दुई टोलीबीचको खेल कोलकातास्थित वानखेडे स्टेडियममा हुनेछ।



    फास्ट न्युज    
  • २०८२ माघ २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट