काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । भट्टराईले सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारी दिने निर्णयमा परेको जानकारी गराएका छन् ।
गोरखा–२ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाव चिन्हमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताएका छन् । ‘गोरखा–२ का पार्टीसाथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिंदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ’खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,’ भट्टराईले भनेका छन् ।
गोरखा–२ मा नेकपाबाट लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाइएको छ । त्यस्तै, एमालेबाट चक्रे मिलन उम्मेदवार बनेका छन् । नेपाली कांग्रेस र रास्वपाले भने उम्मेदवार तय गरिसकेको छैन ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया