काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका संशोधन गरेर सार्वजनिक गरिएको छ ।महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।
समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।त्यसमा दाबी विरोधका लागि साढे ४ बजेसम्म उजुरी दिन सकिनेछ । त्यसमा ५ बजेसम्म छानबिन गरी साँझ ५:०५ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने कार्यक्रम छ ।
समितिले उम्मेदवारको प्रथम नामावली ४ बजे प्रकाशन गर्ने, उम्मेदवारमा दाबी विरोध ४ देखि साढे ४ बजेसम्म गर्न सकिने, उम्मेदवारमाथिको दाबी विरोधमा छानबिन साढे ४ देखि ५ बजेसम्म, उम्मेदवारी फिर्ता साढे ५ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली ६ बजे प्रकाशित गरी ८ बजेदेखि मतदान सुरु गर्ने तालिका सार्बजनिक गरेको छ ।
यसैबीच सानेपामा जारी केन्द्रीय समितिमा कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पार्टी फुटतर्फ अगाडी बढेको ब्रिफिङ गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया