logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री ओली

    919Shares
    गेटा मेडिकल कलेज विश्वविद्यालयमा स्तरोन्नति हुनेछ : प्रधानमन्त्री ओली

    कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै कुलपति ओलीले गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताएका हुन् ।

    ‘गेट मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर मैलेले पहिलेदेखि नै कुरा उठाउँदै आएको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो खुसीको कुरा हो । नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।’

    कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भए । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट