logo

२०८३ भाद्र १२ शुक्रबार

logo
  • २०८३ भाद्र १२ शुक्रबार
  • जेन-जीले प्रधानमन्त्री कार्कीलाई सामूहिक सम्झौतापत्र बुझाउँदै

    1.2KShares
    जेन-जीले प्रधानमन्त्री कार्कीलाई सामूहिक सम्झौतापत्र बुझाउँदै

    काठमाडौं । जेन-जी समूहले आफ्ना सम्झौतापत्र आज प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै छन्। जेन-जी मुभमेन्ट अफ अलायन्सका अगुवा अमित खनालका अनुसार आज ११ बजे पछाडि प्रधानमन्त्री कार्कीलाई आफ्ना सम्झौतापत्र बुझाउन लागेका हुन्।

    खनालका अनुसार तीनवटा जेन-जी समूहहरूबीच सहमति गरेर आफ्ना सम्झौतापत्र तयार पारेका छन्। जेन-जी मुभमेन्ट अफ अलायन्स, द काउन्सिल अफ जेन-जी र जेन-जी फन्ट, घाइते र सहिद परिवारका प्रतिनिधिहरूले विगत एक सातादेखि माग पत्र तयार पारिरहेका थिए।

    खनालका अनुसार तयार पारिएको पत्रलाई आज प्रधानमन्त्री कार्यालयलाई बुझाएपछि माग सम्बोधन गर्ने सन्दर्भमा र आन्दोलनलाई संस्थागत गर्ने विषयमा प्रधानमन्त्रीले कदम चाल्नुपर्ने उनीहरूको माग छ।

    ‘हामीले लामो समय कसरत गरेर तीनवटा समूह मिलेर तयार पारेको सम्झौतापत्र आज प्रधानमन्त्रीलाई बुझाउँदै छौं।’ खनालले खबरहबलाई भने,’ यो सम्झौता पत्रमा करिब ९० प्रतिशत जेन-जीको आवाज र संलग्नता देखिन्छ । बाँकी केही साथीहरू छुटपुट हुनुभएको होला उहाँलाई हामीले आग्रह गरेको हो तर आउनुभएको छैन ।’

    खनालका अनुसार यो पत्र तयार गर्नका लागि विभिन्न छलफलहरू गर्दा लामो समय लागेको थियो। उनले अगाडि भने, ‘हामी सबै एकै ठाउँमा आएका छौं ‘ अब आज प्रधानमन्त्रीलाई पत्र बुझाएपछि उहाँले हाम्रो माग सम्बोधन गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ।’ खनालले आन्दोलनलाई संस्थागत नगरेसम्म कुनै पनि गतिविधि अगाडि नबढाउने समेत बताएका छन्।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट