logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • खोटाङका तत्कालीन जिशिअसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    1KShares
    खोटाङका तत्कालीन जिशिअसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । तत्कालीन जिशिअ ज्ञानमणि नेपालहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको बुझिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिशिअ नेपालसँगै तत्कालीन इन्जिनियर बृधन यादव र सब-इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठविरुद्ध मुद्धा दर्ता गरेको छ । यसैगरी कृष्ण उच्च माध्यमिक विद्यालय टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई र हरिनारायण राई साथै भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । मुद्धा दायर गरिएकाहरुलाई २५ लाख ५० हजार बिगो मागदाबी गरिएको छ ।

    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ कृष्णा उच्च माविको भवन निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । भवनमा कम गुणस्तरको निर्माण सामग्री प्रयोग गर्नुका साथै अहिले प्रयोगविहीन भएको अख्तियारले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट