काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अचलन प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।जोशीविरुद्ध मुद्दाको पेसी जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा तोकिएको छ । खरेलको इजलामा जोशीको बयान र थुनछेक बहस हुनेछ ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । उनी कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया