logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजन कसरी अगाडि बढ्दैछ ? भारतमा ३५ अर्ब डलर लगानी गर्दै

    880Shares
    विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजन कसरी अगाडि बढ्दैछ ? भारतमा ३५ अर्ब डलर लगानी गर्दै

    नयाँ दिल्ली । अमेजन विश्वकै ठूलो ई–कमर्स कम्पनी हो, जसले अनलाइन किनमेल, क्लाउड कम्प्युटिङ, स्ट्रिमिङ सेवा र डेलिभरी समाधान प्रदान गर्छ। यसले लाखौँ उत्पादन र सेवाहरू विश्वभरका ग्राहकहरूलाई सहज रूपमा उपलब्ध गराउँछ। नवप्रवर्तन, छिटो डेलिभरी र ग्राहक–केन्द्रित सेवाका कारण अमेजन विश्वभर लोकप्रिय छ।

    विश्वको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनले आउँदो ५ वर्षमा भारतमा ३५ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ । अमेजनका वरिष्ठ उपाध्यक्ष (इमर्जिङ मार्केट्स) अमित अग्रवालले कम्पनीले ३५ अर्ब डलरभन्दा धेरैको लगानीमार्फत सञ्चालन विस्तार गर्ने र कृत्रिम बुद्धिमत्ता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) क्षमताहरूलाई सुदृढ पार्ने योजना बनाएको बताउनुभएको बीबीसीले जनाएको छ ।

    यस वर्ष ठूला अमेरिकी प्रविधि कम्पनीहरूले भारतमा अर्बौं डलर लगानी गर्ने घोषणा गरेका छन् । एक दिनअघि मात्र माइक्रोसफ्टले सन् २०३० सम्ममा एआई र क्लाउड पूर्वाधारमा १७ अर्ब ५० करोड डलर लगानी गर्ने वाचा गरेको थियो, एशियामा माइक्रोसफ्टको सबैभन्दा ठूलो लगानी हुनेछ । यस्तै गुगलले आउँदो ५ वर्षमा एआई डाटा सेन्टरहरू निर्माण गर्न १५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

    अमेजनले एशियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउन आफ्नो लगानी रहेको बताएको छ । अमेजनले विगत १० वर्षमा भारतीय बिक्रेताहरूको निर्यातमा २० अर्ब डलरभन्दा धेरै आम्दानी गर्न मद्दत गरेको बताएको छ । २०३० सम्ममा यसलाई बढाएर ८० अर्ब डलर पुर्‍याउने योजना छ । कम्पनीले २०३० सम्ममा देशमा १० लाख थप रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य पनि राखेको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार अमेजनले २०१० देखि भारतमा ४० अर्ब डलर लगानी गरिसकेको छ । २०२३ सम्ममा अमेजनले भारतमा आफ्नो उपस्थिति विस्तार गर्न २६ अर्ब डलर लगानीको घोषणा गरेको थियो ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट