logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • विज्ञ भन्छन्- ‘लू’ को जोखिमसँग लड्न राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्छ

    विज्ञ भन्छन्- ‘लू’ को जोखिमसँग लड्न राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्छ

    572
    SHARES
    विज्ञ भन्छन्- ‘लू’ को जोखिमसँग लड्न राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्छ

    काठमाडौं । नेपालमा बढिरहेको गर्मीसँगै ‘लू’ को जोखिमसँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने विज्ञले सुझाव दिएका छन् । नेपालमा ‘लू’ को अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्नुपर्ने विज्ञले सुझाव दिएका हुन् । यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्वतयारीको काम अहिलेदेखि नै शुरु गर्न सरकारसँग उनीहरूले आग्रह गरेका छन् ।



    सरकारले ‘लू’ बाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । उहाँले राष्ट्रिय रूपमा ‘लू’ आएको अवस्थामा अत्यधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? शहररगाउँ कुन ठाउँलाई बढी प्राथमिकता दिएर योजनाहरू बनाउने भन्नेबारेमा चासो दिनुपर्नेमा जोड दिनुभयो ।

    आमनागरिकलाई ‘लू’ बाट जोगाउन अहिले नै प्रतिकार्यका कार्यक्रम लागू गर्न जलवायु विज्ञ उप्रेतीले आग्रह गर्नुभयो । उहाँले रोजगारीको क्षेत्रदेखि किसानलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको बताउनुभयो ।

    धेरै देशहरूले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा. उप्रेतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशु स्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई मध्यनजर गरी ‘हिट एक्शन प्लान’बनाउन जरुरी रहेको बताउनुभयो ।


    फास्ट न्युज
  • मंगलबार, ११ बैशाख २०८१
  • सम्बन्धित समाचार