logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • कांग्रेसका सभापतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना

    931Shares
    कांग्रेसका सभापतिद्वारा ‘क्रिसमस डे’ को शुभकामना

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

    बुधबार ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको भन्दै यिनै चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताएका हुन् ।

    उनले लेखेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यिनै विविधता बीच मनाइने यहाँका विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरूलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा छ । यी पर्वहरूले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएका छन् ।’

    ’उनले डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई ईसाई धर्मावलम्वीहरूले हरेक वर्ष धार्मिक—सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएको भन्दै क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली ईसाई धर्मावलम्वहरुमा नेपाली कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरे ।

     



    फास्ट न्युज    
  • २०८१ पुष १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट