logo

२०८३ श्रावण ६ बुधबार

logo
  • २०८३ श्रावण ६ बुधबार
  • हेल्प नेपाललाई हराउँदै गण्डकी प्रदेश ‘टाइगर कप’ भलिबलकाे इलिमिनेटरमा

    1.1KShares
    हेल्प नेपाललाई हराउँदै गण्डकी प्रदेश ‘टाइगर कप’ भलिबलकाे इलिमिनेटरमा

    काठमाण्डाै ।  हेल्प नेपाल स्पोर्ट्स क्लबलाई हराउँदै गण्डकी प्रदेश टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको पुरुषतर्फ इलिमिनेटरमा पुगेको छ ।

    पोखरा रङ्गशालाको भलिबल कोर्टमा भएको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–१ को सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–२१ ले जिते पनि त्यसपछि लगातार तीन सेटमा हार बेहोर्यो ।

    गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले जित्यो । अब गण्डकीले इलिमिनेटरमा भारतको सुनिल क्लबसँग खेल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता आउँदो आइतवार माघ २० गतेसम्म चल्नेछ ।



    फास्ट न्युज    
  • २०८१ माघ १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट