logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • रवि लामिछानेविरुद्ध प्रहरीमा परेको जाहेरीको प्रमाणित प्रतिलिपी पेश गर्न सर्वोच्चको आदेश

    709Shares
    रवि लामिछानेविरुद्ध प्रहरीमा परेको जाहेरीको प्रमाणित प्रतिलिपी पेश गर्न सर्वोच्चको आदेश

    २० चैत, काठमाडौं । सर्वोच्च अदालतले सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपी पेश गर्न आदेश दिएको छ ।

    आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त पूरक जाहेरीको प्रमाणित प्रतिलिपी झिकाउने आदेश दिएको हो । सूर्यदर्शन सहकारीका वचतकर्ताले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित विभिन्न व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । सोही पूरक जाहेरी सर्वोच्चले झिकाउन आदेश दिएको हो ।

    त्यस्तै सहकारी ठगीमा आरोपित गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उनीविरुद्ध कुनै अभियोजन नभएको भन्दै पत्र लेखेको थियो । सो पत्र गैरकानुनी भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दिएका थिए । सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयले लेखेको उक्त पत्रको प्रमाणित प्रतिलिपी पनि झिकाउन आदेश गरेको छ । यो मुद्दामा सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयलाई पनि छलफलमा बोलाएको छ ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ २०, आईतवार ११:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार