काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० पुरुष विश्वकपमा सहभागिता जनाउने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले ओमानमा पुगेको छ। वेस्ट इन्डिज विरुद्ध युएईको शारजाहमा ऐतिहासिक टी-२० सिरिज जितेर उच्च मनोबलका साथ ओमान पुगेको नेपाली टोलीले त्यहाँ सम्पन्न दुई अभ्यास खेलमा पनि विजयी प्रदर्शन गर्दै लय कायम राखेको छ।
हाल नेपाली टोलीको प्रमुख उद्देश्य तेस्रो पटक टी-२० विश्वकपमा स्थान सुनिश्चित गर्नु हो। ओमानमा हुन लागेको छनोट प्रतियोगिताबाट सफल भएमा नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्ने अवसर प्राप्त गर्नेछ।
सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दोस्रोपटक १० वर्षपछि सन् २०२४ मा विश्वकपमा पुनः सहभागिता जनाएको थियो। अहिले भने खेलाडीहरूको अनुभव, तयारी, मनोबल र समग्र टोलीको समन्वय हेर्दा नेपाल फेरि एकपटक विश्वकप यात्रा सुनिश्चित गर्ने आत्मविश्वासका साथ अघि बढिरहेको छ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया