logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • एनपीएलमा आज पनि दुई खेल हुदैँ

    955Shares
    एनपीएलमा आज पनि दुई खेल हुदैँ

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुदैँछ ।

    आजको पहिलो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुदैँछ ।  आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो । आजको खेल बिहान ९ बजे देखि सुरु हुनेछ ।

    विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।

    यस्तै, दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जरबीच हुदैँछ । चितवनले सोमबारको खेलमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । पोखराको भने यो पहिलो खेल हो । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी र कप्तान कुशल मल्ल हुन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट