काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार श्रेष्ठ दुई हजार ९०२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले दुई हजार २१४ मत पाए। एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार २२० मत पाए ।
यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले एक हजार ९२ मत पाए। राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत ल्याए। स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो। यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया