चितवन । जंगली हात्तीले आक्रमण गर्दा चितवनको भरतपुर महानगरपालिका-२३, बेलहट्टामा आमा छोराको ज्यान गएको छ । हात्तीको आक्रमणबाट २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको हो ।
शनिबार राति निकुञ्जबाट निस्किएको जंगली हात्तीले घरमै आक्रमण गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष दीपक दवाडीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
घटना लगतै स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र निकुञ्ज प्रशासनबीच छलफल भई जंगली हात्तीलाई तत्काल नियन्त्रण लिन आवश्यक काम गर्ने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय मार्फत मृतकको घर निर्माण गराउने र मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल आबश्यक काम गर्ने लगायतका सहमती भएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया