logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • १ महिनामा करिब ९ अर्ब रुपैयाँले घट्यो सार्वजनिक ऋण

    1.1KShares
    १ महिनामा करिब ९ अर्ब रुपैयाँले घट्यो सार्वजनिक ऋण

    काठमाण्डौ । सरकारले १ महिनामा करिब ९ अर्ब रुपैयाँले सार्वजनिक ऋण घटाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिना सम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

    यसअघि, फागुन मसान्तसम्ममा सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । १ महिनाको अवधिमा ८ अर्ब ७७ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको हो ।सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ र बाह्य ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ छ ।

    कुल सार्वजनिक ऋणमा चैत मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५१.१९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४८.८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।सरकारले चैत मसान्तसम्म ऋणको सावाँ तथा ब्याज भुक्तानीका लागि कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ४.४३ प्रतिशत खर्च गरिसकेको छ ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ९ महिनामा सरकारले १ खर्ब ७० अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण तथा ३२ अर्ब ९३ करोड बाह्य ऋणको दायित्व घटाएको छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट