logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • इसराइल र हमासबीच युद्धविराम सम्झौता

    1.2KShares
    इसराइल र हमासबीच युद्धविराम सम्झौता

    काठमाडौं। इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ।इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर इसराइल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता भएको जानकारी दिएका छन्।ट्रम्पले आजको दिनलाई विशेष दिन समेत भनेका छन्। ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले टेलिफोनमा एक अर्कालाई बधाइ समेत दिएका छन्।गजामा २ वर्षदेखि जारी युद्ध अन्त्यका लागि ट्रम्पले २० बुँदे प्रस्ताव ‍राखेर युद्धविरामको पहल गरेका थिए।

    अमेरिकासहित कतार, इजिप्ट र टर्कीले युद्धविरामका लागि मध्यस्थता गरेका थिए।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमासले शनिबारदेखि बन्धकहरूलाई छाड्ने सम्भावना छ।



    फास्ट न्युज    
  • २०८२ आश्विन २३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट