logo

२०८३ असार १५ सोमबार

logo
  • २०८३ असार १५ सोमबार
  • कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाइदिए

    1KShares
    कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाइदिए

    न्युयोर्क। युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाएका छन्। अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरसन फर गभर्मेन्ट इम्प्ल्वाइमेन्टले विरोध जनाएपछि शुक्रबार न्यायाधीशले यो निर्णय लिएका हुन्।

    शुक्रबार रातिदेखि यो निर्णय लागु हुने भनिएको थियो। यसमा कर्मचारी युनियनले न्यायालयमा उजुरी गरेपछि रोक लगाइएको न्यायाधीश कार्ल निकोलासले बताएका हुन्। उनीहरूलाई लागि सुविधासहित बिदा गर्ने ट्रम्पको निर्णय लागु हुनु भन्दा केही घण्टा अघि यसमा न्यायाधीशले अस्थायी रोक लगाएका हुन्।

    अमेरिकाको मुख्य वैदेशिक विकासको काम गर्ने युएसएडमा १० हजार कर्मचारी कार्यरत छन्। यसमा दुई तिहाइ विदेशमा काम गर्छन्। युएसएड अमेरिकाले बजेट कटौती गर्न चाहेको धेरै क्षेत्र मध्यको एक हो। एलन मस्कले नेतृत्वमा गरेको डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसेन्सी (डोग)ले यसलाई रोक्न लागेको छ।



    फास्ट न्युज    
  • २०८१ माघ २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट