logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • इरानविरुद्ध अमेरिकाले गर्‍यो फोर्दोसहित ३ परमाणु केन्द्रमा बमवारी

    1.2KShares
    इरानविरुद्ध अमेरिकाले गर्‍यो फोर्दोसहित ३ परमाणु केन्द्रमा बमवारी

    काठमाडौं।अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ ।इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् ।उनले फोर्दोमा बमको पूरै पलोड खसाइएको बताएका छन् ।

    इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले दिएका छन् ।

    ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’

    उनले अब शान्तिको समय पनि आएको बताएका छन् ।

    इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो ।

    इजरायलले इरानविरुद्ध १३ जुनदेखि आत्रमण सुरु गरेको थियो । अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवानको हत्या गरिसकेको इजरायलले जनाएको छ ।

    अमेरिकास्थित ह्युमन राइट्स एक्टिविस्ट न्युज एजेन्सीका अनुसार १३ जुनदेखि अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको र २००० बढी घाइते भएका छन् । इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० जना नागरिक मारिएको ३ हजार ५०० बढी घाइते भएको पुष्टि गरेको छ ।

    यसैगरी इरानले गरेको आक्रमणबाट इजरायलमा २४ जना मात्र मारिएको दाबी गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट