logo

२०८३ भाद्र २ मंगलवार

logo
  • २०८३ भाद्र २ मंगलवार
  • प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच भेटवार्ता

    712Shares
    प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाध्यक्ष धिरज सेठबीच मंगलबार भेटवार्ता सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा केहीबेरअघिबाट दुवै पक्षबीच औपचारिक भेटवार्ता सुरु भएको हो।
    भेटवार्तामा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको सैन्य सहकार्य, सुरक्षा साझेदारी तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको स्रोतले जनाएको छ। यद्यपि, भेटवार्ताका एजेन्डाबारे सरकारले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।
    भारतीय स्थल सेनाध्यक्ष सेठ नेपाल भ्रमणका क्रममा विभिन्न उच्च राजनीतिक तथा सैनिक नेतृत्वसँग भेटघाटमा व्यस्त छन्। नेपाल र भारतबीच लामो समयदेखि सैनिक सम्बन्ध रहँदै आएको छ। दुवै देशका सेनाबीच संयुक्त अभ्यास, तालिम आदानप्रदान, विपद् व्यवस्थापन तथा सीमासम्बन्धी समन्वयका विषयमा नियमित सहकार्य हुँदै आएको छ।
    नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने परम्परासमेत रहेको छ। यसले दुई देशबीचको ऐतिहासिक तथा रणनीतिक सम्बन्धलाई थप मजबुत बनाएको मानिन्छ।
    प्रधानमन्त्री शाह र सेनाध्यक्ष सेठबीचको भेटलाई पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा अवस्था, द्विपक्षीय सहकार्य र आगामी रणनीतिक साझेदारीका दृष्टिकोणले समेत महत्त्वपूर्ण रूपमा हेरिएको छ।
    भेटवार्तापछि दुवै पक्षबाट औपचारिक जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट