काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरू निलम्बित हुन पनि तयार रहेको टिप्पणी गरेका छन् ।
बुधबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर हुने बताए । विरोध गरेकै कारण आफूहरू निलम्बन हुन पनि तयार रहेको बताए ।
सरकारलाई प्रश्न गर्न नदिने गरी सभामुखले रुलिङ गरेको उनको आरोप छ । आफूहरूले त्यसको पनि विरोध गरेको उनको भनाइ छ । सार्वभौम संसद् र संसद्को विधि–विधानका लागि निलम्बन हुन तयार रहेको उनको भनाइ छ ।
सुकुम्वासी, लिपुलेक, विदेशी ऋणलगायत आफूहरूका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए । सरकारले जनताको प्रश्नको उत्तर नदिएको भन्दै त्यसको मूल्यांकन जनताले गर्ने उनको भनाइ छ । हिमालयन टेलिभ्वाइस
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया