logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रुर नाजीवादी हो : प्रभु साह

    895Shares
    आन्दोलनकारीलाई तर्साउने एमालेको सोच क्रुर नाजीवादी हो : प्रभु साह

    काठमाडौं, ८ कार्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले शान्तिपूर्ण आन्दोलनलाई अपराध देख्नु र आन्दोलनकारीलाई तर्साउने सोच राख्नु क्रुर नाजीवादी सोच भएको टिप्पणी गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ती जारी गर्दै सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले गरेको आन्दोलनले प्रहरी अनुसन्धानमा बाधा पुगेको भन्दै त्यस्तो गतिविधि नगर्न भनेपछि साहले यस्तो टिप्पणी गरेका छन् ।

    उनले एमालेले शाहीकालको जस्तो व्यवहार देखाउनु लोकतन्त्रको उपहास भएको दाबी गरेका छन् । साहले आफूले यसअघिदेखि भन्दै आएको कुरा मुलुकमा अहिले लोकतन्त्र नभएर दलतन्त्र हाबी भएको कुरा एमालेको पछिल्लो गतिविधिले झनै पुष्टि गरेको स्पष्ट पारे । एमाले महासचिव पोखरेलको विज्ञप्ती आएलगत्तै सिंहदरबारमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले एमाले ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको अवस्थामा पुगेको बताए ।

    उनले भने,‘नागरिकले शान्तिपूर्ण आन्दोलन गर्न पाउने उसको अधिकार हो । संविधानले नै यो कुरा ग्यारेन्टी गरेको छ । अनि शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्ने, आन्दोलन नै गर्न पाउँदैनस् भन्नु दमनकारी सोच हो । यो अधिनायकवादी सोच हो । एमालेको व्यवहार त बच्चालाई कुट्ने अनि रुनपनि नदिनेजस्तो देखियो ।’

    साहले अब जनताको शासन स्थापित गर्न निर्णायक संघर्षमा होमिनुपर्नेमा जोड दिए । उनले आफूले त गत चैत्रमा नै काठमाडौंमा बृहत्त आमसभा गरेर तेस्रो जनआन्दोलनको उद्घोष गरेको र अहिलेका नेताहरुको कुकर्मको कारण तेस्रो जनआन्दोलन सम्मनिकट आएको सुनाए ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट