logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • आजपनि सेयर बजार दोहोरो अंकको गिरावट

    1KShares
    आजपनि सेयर बजार दोहोरो अंकको गिरावट

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक १३.८८ प्रतिशतले घटेर २५८१.२१ अंकमा झरेको छ । आज ३३२ कम्पनिका ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    आज अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । नेप्सेका अनुसार आज २०० कम्पनीको सेयर मूल्य घटेको छ भने ५४ कम्पनीको मूल्य बढेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन । यसदिन एसवाई प्यानलको आएईपीओ सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन उक्त कम्पनीको शेयरमूल्य ६८ रुपैयाँ ४० पैसा बढेर ७५३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन १०.२५ प्रतिशत सिटिजन्स बैंक डिबेञ्चर २०८६ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य करिब ६ प्रतिशत बढेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी लुम्बिनी विकास बैंकको १० करोड ३० लाख कारोबार भएको छ भने सन नेपाल लाइफ इन्सुरेन्सको ८ करोड २६ लाखको कारोबार भएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट