logo

२०८३ भाद्र २६ शुक्रबार

logo
  • २०८३ भाद्र २६ शुक्रबार
  • कंगोमा विद्यालयमा भीषण आगलागी, भागदौडमा २४ बालबालिकाको मृत्यु

    703Shares
    कंगोमा विद्यालयमा भीषण आगलागी, भागदौडमा २४ बालबालिकाको मृत्यु

    काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) को पूर्वी सहर बुकाभुमा दुईवटा विद्यालयमा भीषण आगलागी हुँदा ज्यान जोगाउन भागेका बालबालिकाबीच मच्चिएको भागदौडमा कम्तीमा २४ जनाको मृत्यु भएको छ । घटनामा केही वयस्कको समेत मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    बाक्लो बस्ती रहेको कादूतू समुदायमा भएको आगलागीबाट करिब ३०० घर जलेर नष्ट भएका छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

    बीबीसीका अनुसार आगलागीपछि विद्यालयबाट बाहिर निस्कने क्रममा बालबालिकाबीच भागदौड मच्चिएको थियो । घटनामा ठूलो सङ्ख्यामा मानिस घाइते भएका छन् । घाइते तथा आगलागीबाट बचेका व्यक्तिहरूलाई नजिकका अस्पतालमा लगिएको छ ।

    स्थानीय अधिकारीहरूले बिहीबार साँझ कम्तीमा २४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यद्यपि, घटनाको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने उनीहरूले बताएका छन् ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार एक प्रत्यक्षदर्शीले दिउँसोसम्म आगो नियन्त्रणमा आइसकेको बताए पनि जस्तापाता र जलेका भग्नावशेषबाट धुवाँ निस्किरहेको बताएका छन् ।

    दक्षिण किभु प्रान्तको राजधानी बुकाभु पहाडी क्षेत्रमा अवस्थित सहर



    फास्ट न्युज    
  • २०८३ भाद्र २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट