logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘तपाई आफ्नो जन्मदिन धुमधामकासाथ मनाउँनुहुन्छ, सीताको जन्मदिन कसरी बिर्सिनुभो ?’

    1KShares
    प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘तपाई आफ्नो जन्मदिन धुमधामकासाथ मनाउँनुहुन्छ, सीताको जन्मदिन कसरी बिर्सिनुभो ?’

    काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय विभुति माता सीता (जानकी) जयन्तीमा नमनाएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २१औं शताब्दीमा लैंगिक विभेद गरेको बताएका छन् ।

    प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन धुमधामसंग मनाउने तर राष्ट्रिय विभुति सीताको जन्मदिन किन धुमधामसंग नमनाएको भन्दै प्रश्न समेत गरे ।

    ‘सम्मानिय सभामुख महोदय, आज माता सीता (जानकी)को जन्मदिन । जानकी जयन्तीको अवसरमा म सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु । म सरकारसंग सोध्न चाहन्छु, जानकी जयन्तीको बारेमा सरकारलाई थाहा छ की छैन् ?,’ आजपा अध्यक्ष साहले भने, ‘श्रीरामको जन्मदिन रामनवमी हामी मनाउँछौं त्यो खुशीको कुरा हो, सरकारले विदा पनि दिन्छ । तर जानकी जयन्तीलाई किन व्यवस्ता गरेको भन्ने प्रश्न गर्न चाहन्छु । के अहिलेको २१औँ शताब्दीमा लैंगिक विभेद गर्न मिल्छ ?’

    जानकी जयन्तीमा विदा नदिएर प्रधानमन्त्री ओली नेतृत्वको सरकारले लैंगिक विभेद गरेको आरोप पनि उनले लगाए । ‘एउटा राष्ट्रिय विभुति सीता जो नेपालको गौरब हुन् । उहाँको सम्मान गर्न व्यवस्ता गर्न मिल्छ ? म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु तपाई त आफ्नो जन्मदिन धुमधामकासाथ मनाउँनुहुन्छ । सीताको जन्मदिन कसरी बिर्सिनुभो ?’ प्रधानमन्त्री ओलीसंग प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने ।

    विश्वका अन्य व्यक्तिको जन्मदिन धुमधामसंग मनाउने गरिएको बताउदै उनले आफ्नै देशको राष्ट्रिय विभुतिलाई विर्सिन नसकिने बताए । तर सरकारले सीता जयन्तीमा विदा नदिने, जन्मजयन्ती नमनाउने गरेको प्रति उनले उनले आपती जनाए । जानकी जयन्ती नमनाएर सरकारले लैंगिक विभेद गरेको आरोप समेत लगाए ।

    यस अघि प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा आफू मन्त्री हुँदा सीता जयन्ती मनाउन प्रस्ताव गरेकोमा सरकारले नसुनेको गुनासो समेत उनले गरे ।

    ‘म कुनै बेला अहिलेको प्रधानमन्त्री ओलीकै क्याविनेटमा थिए । र मैले धेरै प्रयास गरे, विदा नदिए पनि क्यालेन्डरमा ठाउँ दिनुस् । ताकी नेपाली जनतालाई थाहाहोस् की सीता जन्मेको डेट कुन हो । क्यौँ व्यक्ति जन्मे तर उनका जन्ममिती हामीलाई थाहा छैन् । तर सीताजीको जन्मदिन त सबैलाई थाहा छ । त्यसलाई इन्ट्रो गर्न पनि (ओली) मान्नु भएन्,’ आजपा अध्यक्ष साहले भने, ‘म नेपाली कांग्रेसलाई भन्न चाहन्छु । अहिले त तपाईहरु त्यहाँ हुनुहुन्छ क्याविनेटमा, अलिकति त विचार गर्नुस् । राष्ट्रिय विभुतिको अपमान गर्ने छुट कसैलाई छैन् ।’

    सीता राष्ट्रिय विभुति भएको र देशदुनियाले भगवानको रुपमा पुजा समेत गर्दै आएका छन् ।
    साहले भने, ‘यदी राष्ट्रिय विभुति हामीले स्वीकार्छौँ, सीता नेपालको गौरव हो भन्ने मान्छौँ । हाम्रो संविधानले लैंगिक विभेदलाई अन्त्य गर्न भनेको छ । तर यो विभेद किन ? श्रीमानको जन्मदिन मनाउँने तर श्रीमतीको जन्मदिनलाई व्यवस्ता गर्ने यो हामीलाई स्वीकार्य छैन् । म सरकारको गम्भिर ध्यानाकर्षण गराउँन चाहन्छु आउँने बर्षको क्यालेण्डरमा सीता जयन्ती होस् ।’



    फास्ट न्युज    
  • २०८२ बैशाख २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट