logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • कवाड व्यवसायीलाई दुख नदिन नेसपाको माग

    961Shares
    कवाड व्यवसायीलाई दुख नदिन नेसपाको माग

    काठमाडौं । नेपाल समाजवादी पार्टीले कवडा व्यवसायीलाई काठमाडौं महानगरपालिकाले कानून विपरित दिईरहेको दुख एवं व्यवसायीको कारोवार स्थलमा तोडफोड गरिरहेको प्रति आपती जनाएको छ ।

    नेसपाका महासचिव रमेश प्रसाद यादवले एक बिज्ञप्ती जारी गर्दै कवाड व्यवसायीमाथि लगाईएको झुटा आरोप खारेज गर्नुपर्ने र व्यवसायीहरु प्रति गरिएको अन्यायपूर्ण क्रियाकलाप तुरुन्त बन्द गर्न माग गरेका छन् ।

    हाल कवाड व्यवसायमा झण्डै एकलाख भन्दा बढी मान्छे प्रत्यक्ष रोजगारमा संलग्न रहेका छन् । कवाड व्यवसायले देशका उधोगलाई कच्चा पदार्थ उपलब्ध गराउँदै रोजगार सिर्जना गर्दै आएको र वातावरणीय सफाईमा महत्वपूर्ण योगदान दिदै आएकोमा काठमाडौं महानगरपालिले कानून विपरित व्यवसाय स्थलमा गरिरहेको तोडफोड बन्द गर्न नेसपाले भनेको छ ।

    कानून अनुसार व्यवसाय गर्ने व्यवसायीलाई सुरक्षित वातावरणमा सुनिश्चित गर्न नेसपाले माग गरेको छ । प्रचलित कानून अनुसार दर्ता भई राज्यलाई कर तिर्दै व्यवसायीलाई दुख दिनु आपतीको बिषय भएको नेसपाले भनेको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट