logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • बौद्धिमाईका मेयर यादवलाई कारवाही गर्न माग गर्दै स्थानीयद्धारा विरोध प्रदर्शन

    919Shares
    बौद्धिमाईका मेयर यादवलाई कारवाही गर्न माग गर्दै स्थानीयद्धारा विरोध प्रदर्शन

    रौतहट ।रौतहटको बौद्धिमाई नगरपालिकाका मेयर प्रदिप यादवलाई कारवाही गर्न स्थानीयले माग गरेका छन् । बिना सूचना गुण्डागर्दी शैलीमा स्थानीय जनताको घर भत्काउने मेयर यादवलाई कारवाहीको माग गरिएको हो ।

    बौद्धिमाई नगरपालिकाको सरमुजवाका स्थानीयले बंकुल प्रहरी चौकी घेराउ गर्दै यस्तो माग गरेका छन् । मेयर यादवलाई कारवाही गर्नुपर्ने, निर्दोष गंगा रामलाई रिहा गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

    बिना सूचना स्थानीयको घर भत्काउन थालेपछि मेयर यादवलाई यस अघि स्थानीयले लखेटेका थिए । प्रहरीलाई दबाब दिएर रामलाई बिनाकारण पक्राउ गरिएपछि स्थानीय झन आक्रोशित भएका छन् ।

    ‘नगरपालिकाको नाउमा बिना कुनै सूचना गुण्डागर्दी शैलीमा जनताको घर भत्काउने मेयरलाई कारवाही गर्नुको सट्टा निर्दोष व्यक्ति गंगा रामलाई गिरफ्तार गर्नु अत्याचार भएको भन्दै आम जनता रौतहट प्रहरी बिरुद्ध सड़कमा आउँन बाध्य भएको हुन्,’ स्थानीय श्रीभगवान पटेलले भने ।

    बौद्धिमाईको नगरप्रमुख प्रदिप यादवले सरमुजवामा बिना कुनै सूचना गुण्डागर्दी शैलीमा आम जनताको घर भत्काउन खोजदा जनताले प्रतिकार गरेका थिए । नगरवासीको सुरक्षा एवं सम्मानमा योगदान गर्नुको सट्टा बदलाको भावनाले जनतालाई उठीवास एवं आतंकित गर्ने मेयरको यस अपराधिक कार्यको स्थानीयले विरोध गर्दैआएका छन् ।



    फास्ट न्युज    
  • २०८१ पुष १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट