logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • बुर्तिवाङ बजारमा घर भत्काउने क्रममा १ जनाको मृत्यु, ११ घाइते

    1.4KShares
    बुर्तिवाङ बजारमा घर भत्काउने क्रममा १ जनाको मृत्यु, ११ घाइते

               काठमाडौं । बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
    जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।
    बागलुङ जिल्लाका गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुवरका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका थिए । विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको कुँवरले  जानकारी दिए ।
    उनका अनुसार घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का २६ वर्षीय शङ्कर पन्थी, काठमाडौँ महानगरपालिका–१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन –४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन –१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका–१ ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन् ।
    घरले पुरिएका सबैको उद्धार गरी सो स्वास्थ्य केन्द्रमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट